Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सार्वजनिक शिक्षा सुधार गर्न नयाँ अवधारणा सार्वजनिक


0
Shares

काठमाडौंमा कार्यक्रम गरी अभियानले विद्यार्थीको तुलनामा शिक्षक कम भएको, गुणस्तरीय शिक्षा नभएको, शिक्षामा निजीकरण भए पनि सबैका लागि समान नभएको तर्फ ध्यानाकर्षण गराएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गगन थापाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको ड्रेस हेर्दै चिन्न सकिने भन्दै यो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले शिक्षामा सबैको सहज पहुँच आवश्यक रहेको बताए ।

त्यस्तै पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले निजीकरणका नाममा व्यापार मात्र हुने अवस्थालाई रोक्न नै सहकारी र सरकारी लगानीको कुरा गरिएको बताए ।