जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–१० शान्तिबजारको भित्री सडकखन्डमा ना६ख २३८९ नम्बरको ट्रकले ना२०प ६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो ।
खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्