काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रहरी प्रशासनको प्रयोग गरेर नुवाकोटको ओखरपौवा, सिसडोलस्थित ल्यान्डफिल्ड साइटमा फोहोर लैजान थालिएको जानकारी दिए ।
उनले स्थानीयवासीले अवरोध खडा गरेपनि फोहोर पठाइएको बताए । सिसडोलसम्म पुग्ने बाटो बिग्रिएकाले पनि फोहोर लैजान नसकिएको उनको भनाइ छ ।
सरकारले स्थानीय बासिन्दालाई रोजगारी दिनुपर्ने, सहमतिअनुसारको मुआब्जा दिनुपर्ने, भौतिक पूर्वाधार विकास गर्नुपर्ने माग स्थानीयवासीको छ ।
स्थानीयले ३०० मिटर जग्गा ओगटेको ल्यान्डफिल्ड साइटको दायरा विस्तार गरी ९०० मिटर बनाउनुपर्ने माग गरेको पनि प्रवक्ता कार्कीले बताए ।
स्थानीयको मागकाबारेमा गृह मन्त्रालयसँग छलफल गरिसकेको र केही समय लागे पनि माग पूरा गरिने उनले बताए ।
ल्यान्डफिल्ड साइट नुवाकोटकै बञ्चरेडाँडामा सार्नेबारे पनि काम भइरहेको जानकारी पनि उनले दिए ।










प्रतिक्रिया दिनुहोस्