वर्षेनी सानीभेरी नदीको उर्लदो बहावका कारण नदी किनारको भूभाग कटान हुँदै गएकाले बस्ती जोखिममा परेको हो । करीब ११ सय घरधुरी रहेकोे पोखराको बस्ती सानोभेरी नदी कटानका कारण जोखिममा परेको छ ।
वर्षैपिच्छे नदीको बहावले नदी छेउको जमिन कटान हुँदै जाँदा नदी माथिबाट पहिरो झर्ने र बस्ती जोखिममा परेको हो । बस्ती जोखिममा पर्दा पनि अहिलेसम्म कुनै निकायबाट तटबन्धको व्यवस्था गरिएको छैन ।
करीब ३ किलोमिटर भूभाग वर्र्षेनी नदी कटानकै कारण बग्ने गरेको छ । नदी किनारको छेउमा रहेको खेतबारीबाटै जिविका गरिरहेकाको जमीन विस्तारै बगरमा परिणत हुन थालेको हो ।










प्रतिक्रिया दिनुहोस्