दिवसको अवसरमा शिक्षा मन्त्रालयले आज ३५२ जनालाई विद्याभूषण र विद्यापदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदक प्रदान गरेकी हुन् ।
‘क’ श्रेणीका २१५, ‘ख’ श्रेणीका ८२ र ‘ग’ श्रेणीका २८ जना विद्यार्थीलाई विद्याभूषण पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रपति भण्डारीले स्नातक तहको नेपाल छात्रा विद्यापदक २४ जनालाई र प्रमाणपत्र तहको नेपाल छात्रा विद्यापदक १२ जनालाई प्रदान गरिन् ।
शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले घोषणा गरेको शैक्षिक संस्थालाई दिइने राष्ट्रिय एवं प्रदेश पुरस्कार वितरण कार्यक्रम भने स्थगित गरिएको छ ।
पुरस्कार छनोटबारेको रिट निवेदनमा उच्च अदालत पाटनले तत्काल कार्यक्रम नगर्न भन्दै अन्तरिम आदेश दिएपछि स्थगन गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्