
नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका स्थानीयवासीले पटकपटक अवरोध खडा गरेपछि ओखरपौवाबाट २ किमि दूरीमा पर्ने बञ्चरे डाँडामा विकल्प खोजेको हो ।
उक्त ठाउँमा ल्यान्ड फिल्ड साइट बनाउन सके सरकारको ढुवानी खर्च कम हुने छ । त्यहाँ मानव बस्ती पनि छैन ।
शुक्रबार नुवाकोट ओखरपौवावासी र सम्बन्धित सरकारी निकायबीच भएको वार्ता निश्कर्षमा पुग्न सकेन । वार्ताका लागि ललितपुर र काठमाडौं महानगरपालिकाका प्रतिनिधि नुवाकोटमै पुगेका थिए ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सिसडोलबाट फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाबाट २ किलोमिटर दूरीमा पर्ने बन्चरे डाँडाबाहेक अर्को विकल्प नभएको बताए । – कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्