Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


जथाभावी पार्किङले म्याङलुङ अव्यवस्थित, फुङ्लिङमा पनि पार्किङस्थलको अभाव


0
Shares

शहरीकरणसँगै जनसंख्या चापसमेत बढ्दै जाँदा बीच बजारमै हुने जथाभावी पार्किङ, राखिएका निर्माण सामाग्री र बनेका पूर्वाधारका कारण सवारी दुर्घटनाको जोखिमसमेत बढेको हो । हिउँदमा धुवाँ–धुलो र वर्षामा हुने हिलोका कारण बजार कुरुप बन्दै गइरहेको छ ।

बजारका साँघुरा सडकमा जथाभावी पार्किङ गरेपछि अन्य सवारी आवतजावत गर्न समस्या भएको छ । पैदल हिँड्ने यात्रुले ठाउँ पाउनै मुस्किल पर्ने गरेको छ । बजार क्षेत्रकै सडकमा खुला छाडिएका नानीले शहर नै दुर्गन्धित बनेको छ । म्याङ्लुङ नगरपालिकाले शहरलाई व्यवस्थित बनाउन कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

यस्तै ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारभित्रका साँघुरा सडकलाई नै पार्किङस्थलको रुपमा प्रयोग गरिएपछि बजार अस्तव्यस्त बनेको छ । सडकमै अव्यवस्थितरुपमा सवारी साधन पार्किङ गर्दा सवारी साधन गुडाउन तथा पैदल यात्रुलाई समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

नगरपालिका र व्यवसायीको बैठकले केही महिना अघि फागुन १ गतेबाट लागू हुने गरी सडकमा पार्किङ नगर्ने सहमति गरे पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

नगरपालिका घोषणा भएको लामो समय वितिसक्दा र जनप्रतिनिधि आउँदा पनि पार्किङस्थल निर्माण र सवारी व्यवस्थापनमा चासो नदिँदा बजार अस्तव्यस्त भएको स्थानीय बताउँछन् । बजार विस्तार हुने र सवारी साधन थपिने क्रम बढिरहे पनि सडक फराकिलो बनाउने पहल भएको छैन ।