
काठमाडौं, असार १८ । नेपालले उपहारस्वरुप दिने एकसिंगे गैंडा लिन चिनियाँ विशेष जहाज असार २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दैछ ।
विमानमा भेटेरिनरी चिकित्सक÷केयर टेकरसहितको टोली पनि आउनेछ ।
राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नेपालले दिएको जोडी उपहार गैंडा बोकेर सोही दिन चार्टर जहाज चीन उड्ने छ । सँगै नेपाली भेटेरिनरी चिकित्सकसहितका विशेषज्ञ पनि जानेछन् ।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी ओली र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले भाले ‘भद्र’ र पोथी ‘रुपसी’ चीन सरकारलाई हस्तान्तरण गर्नेछन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्