अध्यक्ष बुढ्थापाले कार्यालय प्रमुख हर्क बोहरालाई कार्यालयमा काम गरिरहेकै बेला एक्कासि कुटेका हुन् ।
विद्युत सामाग्री मर्मत गर्दैगर्दा विद्युत्गृहमा पुगेर आफूलाई नसोधी काम गरेको भन्दै बुढ्थापाले हातपात गरेको पीडित बोहराले बताए ।
बोहराले जीउधनको सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनमा उजुरी दिएका छन् ।
उनले अनुहारमा चोट लागेको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
४५ वर्षीय प्रमुख बोहरा पातारासी गाउँपालिका–५ का स्थानीय वासिन्दा हुन् ।










प्रतिक्रिया दिनुहोस्