काठमाडौंमा गरिएको कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिम्सिना, अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरु उषा क्षेत्री, रमेश कुँवरलगायतलाई सम्मान गरिएको हो ।
राष्ट्रिय नागरिक विकास समाजले गरेको कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले सम्मानपत्रसहित उनीहरुलाई सम्मान गरेकी हुन् ।
कार्यक्रममा मन्त्री कोइरालाले समाजसेवाको नाममा हुने गरेको अनियमितता नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा भूमिसुधार राज्यमन्त्री योशोदाकुमारी लामाले अनाथ बालबालिकाका लागि सुरक्षित बासको व्यवस्था गर्न आफूले प्रयास गर्ने बताइन् ।
कार्यक्रममा अनाथ तथा अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री र लत्ताकपडा पनि वितरण गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्