Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


‘कोसी ब्यारेज भत्कने अवस्थामा पुगेकाले २६९ मिटर अग्लो बाँध बनाउने भारतको चाहना’


0
Shares

शनिबार काठमाडौंमा गरिएको कार्यक्रमका वक्ताहरुले मानव विनासका कारण सिर्जना भएको समस्याको समाधान पनि मानिसले नै खोज्नुपर्ने बताए ।

नदीको एकीकृत व्यवस्थापन, बाँध निर्माणजस्ता उपायबाट समाधान खोज्न सकिने उनीहरुको सुझाव छ ।

भारतीय सीमा क्षेत्रमा एकतर्फीरुपमा लगाइएका बाँधका कारण पनि तराई क्षेत्रका जनताले डुबानको समस्या व्यहोर्नुपरेको उनीहरुको निष्कर्ष छ ।

बैद्धिक वृत नेपालले गरेको कार्यक्रममा ५४ वर्षअघि निर्माण गरिएको कोसी ब्यारेज भत्कने अवस्थामा पुगेकाले भारतले २६९ मिटर अग्लो बाँध बनाउन चाहेको भन्दै त्यसमा नेपालको हितरक्षा गर्न आग्रह गरिएको थियो ।