Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


ट्रक दुर्घटनामा चालकको मृत्यु


0
Shares

तानसेन नगरपालिका–५ का धरमपानी भन्ने स्थानमा शनिबार दिउँसो करिब २ः३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–४ बस्ने चालक ३४ वर्षीय रमेश सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट गुल्मी तम्घासतर्फ जाँदै गरेको लु१ख ९१५६ नम्बरको मिनिट्रक तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । रासस