Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


चितवनमा बस दुर्घटना, तीनजनाको मृत्यु, २७ घाइते


0
Shares

दुर्घटनामा परी २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर र अन्यको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । रासस