उपचारकाक्रममा अस्पतालमा रहेका बसका सहचालक नवराज विकको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो ।
अरु २९ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु हुनेमा तादी गाउँपालिका नर्जामन्डपका ६७ वर्षीया ठूलीमाया तामाङ, ४५ वर्षीया लक्ष्मी न्यौपाने, रालुकादेवीका २२ वर्षीया सविता तामाङ, विदुर नगरपालिका वडा नम्बर–९ जफतीकी २१ वर्षीया शशी बोगटी छन् ।
त्यस्तै, ठेगाना नखुलेका ५७ वर्षीय लालबहादुर तामाङ र ३७ वर्षीया उजेली मिजारको पनि मृत्यु भएको छ ।
बसका सहचालक तादी गाउँपालिका सातविसेका नवराज विकको पनि उपचारकाक्रममा अस्पालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बस शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँस्थित थानाभन्ज्याङमा शनिबार दुर्घटनामा परेको हो ।
चालक फरार रहेका जनाइएको छ । बस सडकबाट करिब ३५० मिटर तल खसेर स्थानीयको घरमा बज्रिन पुगेको थियो ।










प्रतिक्रिया दिनुहोस्