Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


ऐतिहासिक ओलाङचुङगोला बस्ती नै पहिरोको जोखिममा


0
Shares

तमोर नदीको कटान नरोकिँदा भविष्यमा बस्ती नै नरहने हो कि भन्ने खतरा बढेको स्थानीय छेतेन शेर्पाले बताए ।

तमोर नदीको किनारामा रहेको र तमोरले बनाएको पहिरोले वर्षेनि घर भत्काउने गरेको शेर्पाको भनाइ छ ।

सदरमुकाम फुङ्लिङदेखि २६ कोष उत्तरमा रहेको फुक्ताङ्लुङ गाउँपालिकामा रहेको ओलाङचुङगोला बस्ती नै पहिरोको खतरामा पर्दा पनि पहिरो रोकने प्रयास भने कतैबाट भएको छैन ।

तमोरमा ठूलो बाढी आउँदा बस्ती नै बगाउने खतरा रहेको शेर्पाको भनाइ छ ।

चीनको तिब्बतसँग सीमा जोडिएको महत्वपूर्ण व्यापारिक बजार भएपनि बजार जोगाउन कसैको ध्यान नगएको गुनासो स्थानीयको छ ।

ऐतिहासिकरुपमा बनाइका काठका लहरै घर रहेको ओलाङचुङगोलामा ६५ घर एकै ठाउँमा रहेका छन् ।