Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


थारु संस्कृति संरक्षणका लागि ‘जितिया महोत्सव’ हुने


0
Shares

‘थारु महिला सभा’ र ‘थारु महिला समाज’ले सोमबार (आज) राजधानीमा पत्रकार सम्मेलन गरी थारु समुदायको धर्म संस्कृतिको संरक्षण एवं सम्वद्र्धनका लागि जितिया महोत्सव नै आयोजना गर्न लागिएको जानकारी दिएका हुन ।

जितिया पर्वको प्रचार प्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको उनीहरुले बताएका छन् । महोत्सवमा थारु समुदायका परम्परागत तथा आधुनिक नाचगान र संस्कृतिलाई झल्काउने कार्यक्रहरु पनि प्रस्तुत गरिने जनाइएको छ ।