Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी


0
Shares

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषदको बैठकले बढीमा चार वर्षका लागि राहदानी जारी गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी असोज २ गते तेस्रो चरणको स्थानीय तहको चुनावका लागि आठ जिल्लाका शिक्षण संस्थाहरूमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने र भूकम्पपछिको पुनर्निर्माणका लागि विश्व बैंकले संयुक्त दाता कोषमा उपलब्ध गराउने एक अर्ब पाँच करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।