१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


गाउँपालिका अध्यक्ष नै सुन तस्करीका नाइके !


0
Shares

उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए ।२० दिन बिदा लिएर बसेका पौडलेको मोबाईल अहिले स्विच अफ छ ।

पौडेल बिदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो– प्रहरीले बरामद गरेको १५ किलो सुन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले सुन तस्करका नाईके पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कविहीन भए ।

पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।

ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले सुन तस्करीमा संगठित जालो सक्रिय रहेको पाइएको र तस्करको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको बताए । –नागरिक दैनिकबाट