मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६, शंकरपुरका २४ बर्षीय रामदत्त अवस्थी रहेका छन् ।
सोमबार बेलुकातिर भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट ढुङ्गा खसेर घटनास्थलमै उनको मृत्यु भएको मृतकका आफन्त महेश अवस्थीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाईने बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्