
प्रदेश नम्बर २ को सबैभन्दा बढी स्थानीय तह भएको रौतहटमा उम्मेदवारले एजेन्डासहित मतदातासमक्ष पुगेर आफ्नो कुरा बुझाउने प्रयास गरिरहेका छन् ।
निर्वाचन आउन एक हप्ता मात्र बाँकी रहँदा यहाँका स्थानीय तहका उम्मेदवारले चुनावी घोषणापत्रसहित मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँडिरहेका छन् । उम्मेदवारहरुले स्थानीय तहको विकासलाई सबैभन्दा बढी प्राथमिकता दिएका छन् । उनीहरुले सडक, ढल सुधार, सिंचाई, शिक्षालगायतलाई प्राथमिकता दिएका छन् ।
अधिकांश उम्मेदवारले स्थानीय पूर्वाधार निर्माण, विकास, शैक्षिक सुधारलगायतलाई प्राथमिकता दिएकाले आगामी दिनमा जोसुकै विजयी भए पनि आफ्ना माग सुनुवाई हुनेमा रौतहटबासी भने आशावादी देखिएका छन् ।
उम्मेदवारहरु के भन्छन् ? भिडियो रिपोर्ट हेर्न क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्