
इलाम, माघ १ । प्रा. डा. गोविन्द केसीका मागकाविरुद्धमा अनशनमा बसेका विजय थापाको स्वास्थ्यमा समस्या देखिएको छ ।
संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्नेलगायतका माग राख्दै इलामको चोकबजारमा अनशनमा बसेका थापाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार इलाम अस्पतालमा भर्ना गरिएको छ ।
थापा गएको पुस २७ गतेदेखि अनशनमा छन् ।
प्रतिक्रिया दिनुहोस्