जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको हो ।
पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ ।
चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उनले बताए । पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ ।
सो सडकको मंगलबारै भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सन्चालनका लागि निर्देशन दिएकी थिइन् ।
सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखन्डमा सवारी चाप बढेको छ ।
नारायणगढबाट मुग्लिन पार गर्न मंगलबार कम्तीमा ८ घन्टा लागेको यात्रीले बताएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्