Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


बस र जिप ठोक्किँदा पाँचजना घाइते, दुई गम्भीर


0
Shares

गम्भीर घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१ का ३५ वर्षीय डम्मरदत्त भट्ट र बर्दिया, शिवपुर–५ घर भइ हाल गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत् अनमी टीका दाहाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि काठमाडौं ‘रेफर’ गरिएको उनले बताए ।

अरु घाइतेहरु दशरथचन्द नगरपालिका–६ का ५० वर्षीय ध्वजराम लुहार, दनपा–४ का ४४ वर्षीय भानी ऐर र दनपा–४ कै गोमती ऐरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको महाकाली यातायातको ना२ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म१ज १२९ नम्बरको जिप देहीमाडौं बजारनजिक घुसल्ला मोडमा एकापसमा ठोक्किएका हुन् ।

तीव्रगतिका कारण मोडमा बस र जिप एकापसमा ठोक्किएका प्रहरीले बताएको छ । बस र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।