Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


‘विप्लव’ समूहका थापा र बुढालाई थुनामुक्त गर्न आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्रराज थापा र केशवबहादुर बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार सो पार्टी निकट टे«ड युनियनका थापा र बुढालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । 

आदेशमा भनिएको छ, “उचित र पर्याप्त कारण उल्लेख गरेको नदेखिँदा थुना कानूनबमोजिम नभई गैरकानूनी भएको देखिँदा थुनामा राख्न नपर्ने भएकाले निजहरूलाई थुनामुक्त गरिदिनु ।”

महानगरीय अपराध महाशाखा काठमाडौँ टेकुले गत पुस १९ गते अभद्र व्यवहार गरेकोसम्बन्धी आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।

आदेशमा थापा र बुढालाई अभद्र व्यवहार गरेको भन्ने उचित र पर्याप्त कारण नभएको उल्लेख छ ।