Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रोहिंग्या रोक्न नेपालको सीमानाकामा सुरक्षा कडा


0
Shares

म्यानमारबाट विस्थापित भएका रोहिंग्या मुस्लिमहरु नेपाल प्रवेश गर्नेक्रम बढेपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले सुरक्षा बढाएको हो ।

नेपाल प्रवेश गर्न चाहने विदेशीहरुलाई कडाइ गर्दै प्रहरीले काँकडभिट्टा नाकामा चेकजाँच तीव्र पारेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले बताए ।

परिचयपत्रका आधारमामात्रै नेपाल छिर्न दिइएको जनाइएको छ ।

म्यानमारको रहाइन राज्यबाट विस्थापित भएका रोहिंग्या मुस्लिमहरु बंगलादेश, भारत हुँदै नेपाल प्रवेश गर्ने खतरा बढेपछि प्रहरीले उच्च सतर्कता अपनाएको हो ।

म्यानमारमा हिंसा भड्किएपछि केही दिनयता करिब तीन दर्जन रोहिंग्याहरु नेपाल आइसकेका छन् भने सन् २०१२ मा नेपाल पसेका रोहिंग्याहरु काठमाडौंको कपनमा क्याम्प खडा गरेर बसेका छन् ।