१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


अनुमतिबिना नै जताततै सीसीटीभी


0
Shares

काठमाडौंमा मात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सीसीटीभी जडान धेरैतिर छ । तर यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने निकै कम छन् ।

बिनाअनुमति सीसीटीभी जडान गर्नु गैरकानुनी त हो नै, विद्युतीय कारोबार ऐनअनुसार कारबाही पनि हुन्छ । तर पनि सम्बन्धित निकायले गैरकानुनी रुपमा सीसीटीभी प्रयोग गर्नेमाथि कारवाही गर्नेतर्फ कुनै चासो देखाएको छैन ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा डेढ दर्जनभन्दा कमले मात्रै अनुमति लिएका छन् ।

काठमाडौं प्रशासनका अनुसार सीसीटीभी जडान तथा संचालन सम्बन्धी कार्यविधि २०७३ मंसिर अन्तिममा जारी भएदेखि अहिलेसम्म १२ वटा संस्थालेमात्र जडान अनुमति लिएका छन् ।

जिल्ला प्रशासन भक्तपुरको तथ्यांकमा जम्मा ४ संस्थाले जडान अनुमति लिएको देखिन्छ ।

ललितपुरमा भने भैंसेपाटीको एक व्यापारीक प्रतिष्ठानले मात्र अनुमति लिएको छ ।

पहिलेदेखि नै सीसीटीभी जडान गरिएको भए पनि अनुमति लिनुपर्ने कार्यविधिमा उल्लेख छ । –कान्तिपुर दैनिकबाट