Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उपत्यकामा २१ हजार सिसी क्यामेरा जडान गरिँदै


0
Shares

काठमाडौं, माघ १ । काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्न ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोगमार्फत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए ।

उनका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४४१ वटा क्यामेरा आवश्यक छ । ती क्षेत्रमा सिसी टिभी जडान गर्ने काम अघि बढेको उनले बताए ।

२१ हजार सिसी क्यामेरा जडान गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने आँकलन गरिएको छ । –नेपाल समाचारपत्र दैनिकबाट