भारतीय अधिकारीहरुसँग समन्वय गरेर नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको हो ।
नाकाबाट हुने सवारी आवतजापतमा पूर्ण रोक लगाइए पनि अतिआवश्यकीय सवारी भने सञ्चालन गर्न दिइएको छ ।
एम्बुलेन्स, इन्धन ढुवानीका सवारी साधन भने सुरक्षा निकायको परामर्शमा सञ्चालन गर्न दिइएको जिल्ला समन्वय समितिहरुले जनाएका छन् ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सिमा नाकामा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्