Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सप्तरीस्थित नेपाल–भारत सीमा ७२ घन्टाका लागि बन्द


0
Shares

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेकाअनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि शनिबारदेखि असोज २ गते सोमबारसम्म ७२ घन्टाका लागि सवारी–साधन र पैदलयात्रीलाई आवत–जावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त–दुरुस्त र सुदृढीकरणसमेत बनाइएको उनले राससलाई जानकारी दिए ।

जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत् जिल्लाका १८ ओटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी, शासस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत् जिल्लाको सीमा क्षेत्रमासमेत दुवै देशका सुरक्षा फौजले संयुक्तरुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताए । रासस