१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आइतबार १४ अंकले ओर्लियो


0
Shares

काठमाडौं, असार १७ । साताको पहिलो दिन आइतबार पूँजी बजारमा पहिरो जाने क्रम रोकिएन ।

यसदिन नेप्से १४ अंकले झरेर ११ सय ८४ विन्दुमा आइपुग्यो । कारोबार सुरुवाती समयदेखि नेप्से निरन्तरजसो ओरालो लाग्यो ।

यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च ८९ अंकले झर्‍यो । 

यस्तै लघुवित्त समूह २५ अंकले, विकास बैंक समूह २० अंकले, होटल समूह १८ अंकले झर्‍यो भने वाणिज्य बैंक समूहमा पनि १२ अंकको गिरावट आयो ।

यसदिन १ सय ५८ कम्पनीको ६ लाख १९ हजार कित्ता शेयर जम्मा १९ करोड ७२ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।