२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


कालोसूचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री, महानिर्देशक हटाउने कसरत


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस कम्पनी सान होसेलाई कालो सूचीमा राखेको सुचना गत असार २८ गते निकालेको थियो ।

मन्त्री देवले महानिर्देशक गौतमलाई सोधेको स्पष्टीकरणमा सान होसेलाई वार्ता , समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्द गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार कार्य चित्त नबुझेपछि प्राधिकरण संचानल समितिले २०१६ डिसेम्बर २७ मा स्पेनिस कम्पनी सान होसेसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।

ठेक्का सम्झौता रद्द गरेपछि प्राधिकरणले उक्त कम्पनीबाट ‘पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानी जफत गरेको थियो । -नागरिक दैनिकबाट