
इलाम । अस्पताल भर्ना गरिएका डा. गोविन्द केसीमा निमोनियाको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।
६ दिनदेखि अनशनमा रहेका डा. केसीको अवस्था बिग्रँदै गएपछि सोमबार विहान जिल्ला अस्पताल इलाममा भर्ना गरिको थियो । गएरातिदेखि डा. केसीको स्वास्थ्य थप कमजोर भएपछि उनलाई अस्पताल लगिएको हो ।
अस्पतालका चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा.केसीलाई निमोनियाको संक्रमण देखिएको छ । उनको मुटुको चालमा पनि समस्या देखिएकाले अक्सिजन दिइएको छ ।
उनको प्रेसर घटेको र टंसिलसमेत बढेको अस्पतालले जनाएको छ । अहिले डा. केसीलाई चिकित्सकको निगरानीमा राखिएको इलाम अस्पतालका चिकित्सक डा. वीजेन्द्रकुमार साहले जानकारी दिए ।
चिकित्सकहरुले उनलाई एन्टिबायोटिक औषधि चलाउन सुझाव दिएका छन् ।
तर डा.केसीले एन्टिबायोटिक औषधि खान नमानेपछि स्लाइन मात्र दिएर राखिएको अस्पतालले जनाएको छ ।
चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६औं चरणको सत्याग्रहमा छन् ।
प्रतिक्रिया दिनुहोस्