Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सीमा सिल, मदिरा निषेध


0
Shares

अत्यावश्यकीयबाहेक सबैलाई आवत–जावतमै रोक लगाइएको छ । निर्वाचनको मितिभन्दा ७२ घन्टा पहिले नै रौतहटको २६ किलोमिटर सीमा बन्द गरिएको हो ।

दुबै देशका अपराधिक समूहबाट निर्वाचनको समयमा अवान्छित क्रियाकलाप गर्न नपाउन् भन्नकै लागि दुवै देशको सीमा सुरक्षा अधिकारीबाट नाका बन्द गरिएको हो ।

शुक्रबार मध्यरात १२ बजेदेखि असोज २ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले असोज ३ गतेसम्म जिल्लाभर कुनैपनि प्रकारको मदिरा ओसार–पसार, बिक्री–वितरण तथा सेवन गर्न निषेध गरेको छ ।