Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना (भिडियो)


0
Shares

निर्वाचन हुने आठैओटा जिल्ला दक्षिणी सीमा भारतसँग जोडिएका कारणले पनि यस प्रदेशको सुरक्षामा विशेष ध्यान दिइएको छ ।

सीमावर्ती क्षेत्रबाट हुनसक्ने सुरक्षा चुनौतीसमेतलाई ख्याल गरेर निर्वाचनका समयमा सुरक्षा निकाय परिचालन गरिएको छ ।

स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको निर्वाचन भएकाले पनि सुरक्षा चूक हुन नदिन सुरक्षा निकाय सचेत देखिएको छ ।

८ जिल्लाका १३६ स्थानीय तहका लागि हुने मतदानमा सुरक्षा व्यवस्था मिलाउन सरकारले सुरक्षाका चारै निकाय परिचालन गरेको छ ।

नेपाली सेना, जनपद र सशस्त्र प्रहरी एवं अनुसन्धान विभागका गरी ६० हजार जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । यो जनशक्ति ३ हजार ५७७ मतदान केन्द्रमा खटिनेछ ।

२ नम्बर प्रदेशमा सुरक्षा कमान्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थले सुरक्षामा कुनै चूक हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

सीमावर्ती क्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न पूर्णसतर्कता अपनाइएको उनले जानकारी दिए ।

मतदान केन्द्रदेखि मतदान वरपरको सम्पूर्ण वातावरणको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था मिलाइएको छ ।

सेनाले आवश्यकताअनुसार बाहिनीपतिहरुको कमान्डमा सुरक्षा बल खटाएको छ भने दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले पनि दुईओटा गणअन्तर्गत् जनशक्ति परिचालन गरेको छ ।

पहिलो घेरामा रहने प्रहरीले कुनै अप्रिय घटना हुन नदिन पूर्णध्यान दिइने जनाएको छ ।

भिडियो हेर्नुहोस्