Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सर्लाहीमा बम विस्फोट, बालिका घाइते


0
Shares

बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् ।

बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ ।

आफ्नै किराना पसल अगाडि खेलिरहेको अवस्थामा सुतली बम विस्फोट हुँदा उनी घाइते भएकी थिइन् । झोलाभित्र रहेका चारओटा बममध्ये एउटा बालबालिकाले खेलाउँदा पड्किएको र बाँकी तीनओटा नेपाली सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

भारतसँग सीमा जोडिएको बलरा क्षेत्र संवेदनशील क्षेत्र मानिन्छ । निर्वाचनका लागि उक्त क्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस