पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष र समानुपातिकतर्फ महिलासहित बढीमा तीन/तीनजना सिफारिस गर्न निर्देशन दिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखी दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम सिफारिस गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
उम्मेदवार सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्यता कायम भएका तथा पार्टीभित्र र जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेकामध्येबाट गर्नुपर्नेछ ।
पार्टीको १३औं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ/नगर कार्यसमितिले यही असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिस क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिस असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिसमा आफ्नो रायसहित असोज १७ गतेभित्र केन्द्रमा पठाउनुपर्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्