सो पार्टीका एक कार्यकर्ताले सोमबार अधिकारी पन्तकै कार्यकक्षमा गएर उनको शरीरभरि कालो मोबिल खन्याएका हुन् ।
घटनापछि स्थानीय विकास अधिकारी पन्तले पत्रकार सम्मेलन गरी अपरिचित व्यक्तिले आफ्नो कार्यकक्षमै आएर मोबिल खन्याएको भन्दै उक्त व्यक्तिउपर तत्काल कारबाहीको माग गरेका छन् ।
उनले आफू काम गरिरहेको बेलामा एउटा रजिस्टर लिएर एक अपरिचित व्यक्ति आएको र उसको रजिस्टर हेर्दैगर्दा सो व्यक्तिले आफूमाथि कालो मोबिल खन्याएर भागेको बताए ।
यसैबीच, जिल्ला समन्वय समिति रामेछापले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही अघि बढाउन जिल्ला समन्वय समितिले सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।
उता, नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्तिमार्फत् घटनाको जिम्मेवारी लिएको छ ।
सो पार्टीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी स्थानीय विकास अधिकारी पन्तले राजनीतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै कारबाहीस्वरुप मोबिल खन्याएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्