
ती जिल्लामा परिवार नियोजन साधन प्रयोगकर्ता ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको तथ्याकं छ ।
विशेष गरी गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको महाशाखाका निर्देशक डा. नरेश केसीले बताए ।
उनले भने, ती क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन । यसलाई शिक्षाबाट मात्रै परिवर्तन गर्न सकिन्छ ।
परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको केसीको तर्क छ ।
स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको देखाएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्