Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


शिक्षामा ठूलो लगानी गरेपनि सोचेअनुसारको प्रतिफल आएन : राष्ट्रपति


0
Shares

मंगलबार काठमाडौंको कालिमाटीस्थित नीलबाराही माध्यमिक विद्यालयको वार्षिकोत्सवमा राष्ट्रपति भण्डारीले शिक्षालाई समयानुकूल परिवर्तन गर्दै दक्ष जनशक्ति उत्पादनमा सरोकारवालाहरुको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रको चौतर्फी विकासका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको बताए ।

उनले शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकारले शिक्षा नीतिमा आमूल परिवर्तन ल्याउने तयारी गरेको बताए ।

सामुदायिक विद्यालयको स्तर खस्कँदै गइरहेको बताउँदै उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे ।