संसद्को मंगलबार बसेको बैठकले सात वटा विधेयक पारित गरेको हो । बैठकले थारु आयोग र मुस्लिम आयोग विधेयक पारित गरेको छ ।
त्यसैगरी सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा नवौं संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकसमेत पारित भएका छन् ।
सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा निस्कने भएपछि एकै दिन धेरै विधेयक पारित गरिएको हो । सभामुख घर्ती आज चीन भ्रमणमा जाँदै छिन् ।
संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीचमा दसैं, तिहारलगायत चाडपर्वसमेत परेका कारण मंगलबार संसद बैठक दुई पटक बसेर विधेयकहरु पारित गरिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्