Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बहुचर्चित चिकित्सा शिक्षा विधेयक संसदमा पेश


0
Shares

काठमाडौं, पुस २९ । बहुचर्चित चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्टिका बाबजुद संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा आज पेश गरेकी हुन् ।

कांग्रेसका सांसदहरुले विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका छन् । साउन २१ गते संसदले उक्त विधेयक समितिमा पठाएको थियो । समितिले छलफलका लागि दश सदस्यीय उपसमिति गठन गरी पटक पटक बैठकबाट छलफल गरेको थियो ।

उपसमितिले विधेयकमाथिका संशोधनकर्ता, मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेको थियो । पुस २३ गते मुल समितिमा गएको प्रतिवेदन २५ गते कांग्रेसका सांसदहरुको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो ।

यता, सरकारले आफुसँग गरेको सहमति विपरित विधेयक प्रतिवेदन समितिबाट पारित भएपछि पुस २५ देखि डा.गोविन्द केसी इलाममा अनसनरत छन् ।