बुधबार वडा नम्बर–२६ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले वडाबाट हुने गरेका काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले वडाभित्र गुन्डागर्दी, चोरी र दुर्व्यसनीलगायतका समस्या नियन्त्रणको पहल गर्न जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए ।
वडा नम्बर–२६ का वडाध्यक्ष खेम तिवारीले वडाको सुधारका लागि आफूहरु लागिरहेको भन्दै शान्ति–सुरक्षा कायम गर्ने विषयमा पनि सुरक्षा निकायसँग समन्वय गरिने आश्वासन दिए ।










प्रतिक्रिया दिनुहोस्