प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आपूर्ति मन्त्रालयलगायतलाई विपक्षी बनाइ खड्काले वारिस मोतीलाल तामाङमार्फत् दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ ।
निवेदनमा भनिएको छ–‘कुनैपनि विषयको आरोप लगाएर सुनुवाइको मौका नदिइ विभागीय मन्त्रीको ठाडो आदेशमा हटाइएको छ, जुन गैरकानुनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।’
निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सो निर्णयकोविरुद्धमा बुधबार खड्का अदालतमा निवेदन लिएर आएका हुन् । रासस










प्रतिक्रिया दिनुहोस्