विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको नवदुर्गा महोत्सवको बिहीबार कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञ वहादुर थापाले शुभारम्भ गरे ।
महोत्सवको उद्घाट्नपछि विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गाका नौ रुपको झाँकी, १०८ कलससहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो ।
शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
महोत्सवसँगै श्रीमद्भागवत देवी ज्ञान महायज्ञ समेत सुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्