समाज कल्याण परिषदले काठमाडौंमा गरेको कार्यक्रममा उनले सरकारी र गैरसरकारी संघसंस्थाहरुको वृद्धिसँगै यसले गर्दै आइरहेको गतिविधि अनुगमन एवं मुल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट पीडित हुनेलाई राहत र उद्धार कार्य अपेक्षा गरेअनुरुप नभएको बताउँदै यसप्रति निष्पक्ष र जवाफदेही रुपबाट आफुलाई सेवामा समर्पित हुन सरकारवालाहरुको ध्यानाकर्षण गराइन् ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेम कुमार राईले आर्थिक र सामाजिक रुपमा पिछडिएकाहरुका लागि सरकारले विशेष कार्यक्रम ल्याउने तयारी गरेको बताए । उनले सेवानै धर्म हो भन्ने मुल मर्मलाई सवैले स्मरण गर्नुपर्नेमा जोड दिए ।
समाज सेवाको निःस्वार्थ भावना, शान्ति र समृद्धि सबैको चाहना भन्ने नाराका साथ ३८ औं समाज सेवा दिवस मनाइएको हो ।










प्रतिक्रिया दिनुहोस्