१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


कांग्रेस २२, माओवादी र संघीय समाजवादी १०/१० स्थानमा विजयी


0
Shares

घोषित परिणामअनुसार नेपाली कांग्रेस २२, नेकपा माओवादी केन्द्र १०, संघीय समाजवादी फोरम १० र राष्ट्रिय जनता पार्टी ९ स्थानीय तहमा विजयी भएका छन् ।

नेकपा एमाले ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार पर्साको पर्सागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लोकनारायण पाठक ३,९६५ मतसहित विजयी भएका छन् भने उपमेयरमा अर्चना चौधरी ४,५५९ मतसहित विजयी भइन् ।

बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा राजपाका हरिनारायण साह कलवार २,२७७ मतसहित र उपाध्यक्षमा सावित्रीदेवी पटेल २,४७१ मतसहित विजयी भइन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा संघीय फोरमका विन्देश्वर यादव ३,५०४ मतसहित विजयी भए भने उपाध्यक्षमा फोरमकै इन्द्रकला देवी ३,१९५ मतसहित विजयी भइन् ।

सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामअयोध्या यादव २,२५५ मतका साथ विजयी हुँदा उपाध्यक्षमा रिनाकुमारी राय २,५५४ मतसहित विजयी भइन् ।

सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी ५,६८३ मतसहित विजयी भने भने उपमेयरमा फूलकुमारी श्रेष्ठ ५,६१३ मतसहित विजयी भइन् ।

रौतहटको फतुवाविजयपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपालराम यादव ३,०९९ मतसहित विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्रकी कान्ती देवी ३,२०३ मतसहित विजयी भइन् ।

रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामचन्द्र चौधरी ९,७८० मतसहित विजयी भए भने उपमेयरमा एमालेकी रामरथी चौधरी ९,९१६ मतसहित विजयी भए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयरमा संघीय फोरमका रामबाबु यादव ३,१२७ मतसहित विजयी भए । उपमेयरमा माओवादी केन्द्रकी बिना देवी २,६१० मतसहित विजयी भइन् ।

महोत्तरीको मटिहानी नगरपालिकाको मेयरमा राजपाका हरिप्रसाद मण्डल ३,४०३ मतसहित विजयी भए भने उपमेयरमा सोही पार्टीकी शिवोदेवी साह ३,१७४ मतसहित विजयी भइन् ।