
शुक्रबार दिउँसो शुक्रबार दिउँसो पौने ३ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस २३, नेकपा माओवादी केन्द्र १३, संघीय समाजवादी फोरम नेपाल १० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १० स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।
यस्तै, नेकपा एमाले ७, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।
पछिल्लो परिणामअनुसार महोत्तरीको रागोपालपुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अशोककुमार मण्डल २९४४ मतले विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकै सीतादेवी साह २८९१ मतले विजयी भएकी छन् ।
धनुषाको सहिदनगर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उदयशंकर बरबरीया यादव ५०५१ मतसहित विजयी भएका छन् । उपप्रमुखमा पनि माओवादीकै शीलादेवी ४८१२ मतसहित विजयी भएकी छन् ।
रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा कांग्रेसका धीरेन्द्र सिंह २७८० मतसहित विजयी भएका छन् । उपप्रमुखमा संघीय समाजवादी फोरमका अंशकुमारी सिंह २२७९ मतसहित विजयी भइन् ।
रौतहटको गौर नगरपालिकाको प्रमुखमा राजपाका अजय गुप्ता विजयी भएका छन् भने उपप्रमुखमा राजपाकै किरण ठाकुर विजयी भएकी छन् ।
धनुषाको मिथिलाविहारी नगरपालिकाको प्रमुखमा एमालेका अनिलकुमार झा ३२३४ मत तथा उपप्रमुखमा एमालेकै अनिता साह ३१४७ मतसहित विजयी भएका छन् ।
पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मनोज गुप्ता २८५१ मत र उपाध्यक्षमा माओवादी केन्द्रकै मदिना खातुन २८३१ मतसहित विजयी भएका छन् ।
पर्साको पर्सागढी नगरपालिकाको प्रमुखमा कांग्रेसका लोकनारायण पाठक ३९६५ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा अर्चना चौधरी ४५५९ मतसहित विजयी भएकी छन् ।
बाराको परवानीपुर गाउँपालिकाको अध्यक्षमा राजपाका हरिनारायण साह कलवार २२७७ मतसहित र उपाध्यक्षमा राजपाकै सावित्रीदेवी पटेल २४७१ मतसहित विजयी भएका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका विन्देश्वर यादव ३५०४ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा समाजवादी फोरमकै इन्द्रकला देवी ३१९५ मतसहित विजयी भइन् ।
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा एमालेका केदारनाथ यादव र उपाध्यक्षमा एमालेकै अमलादेवी यादव विजयी भएका छन् ।
सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामअयोध्या यादव २२५५ मतका साथ विजयी भए । उपाध्यक्षमा पनि कांग्रेसकै रिनाकुमारी राय २५५४ मतसहित विजयी भएकी छन् ।
सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिनारायण चौधरी ५६८३ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ ५६१३ मतसहित विजयी भएकी छन् ।
रौतहटको फतुवाविजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपालराम यादव ३०९९ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रकी कान्ती देवी ३२०३ मतसहित विजयी भइन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका रामचन्द्र चौधरी ९७८० मतसहित विजयी भएका छन् । उपप्रमुखमा भने एमालेकी रामरथी चौधरी ९९१६ मतसहित विजयी भइन् ।
धनुषाको गणेशमान–चारनाथ नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका रामबाबु यादव ३१२७ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रकी बिना देवी २६१० मतसहित विजयी भइन् ।
महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुखमा राजपाका हरिप्रसाद मण्डल ३४०३ मतसहित विजयी भएका छन् । उपप्रमुखमा पनि सोही पार्टीकी शिवोदेवी साह ३१७४ मतसहित विजयी भएकी छन् ।
सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका चुरेनारायण मण्डल ४८०४ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै रोहिणीकुमारी यादव ४६६४ मतसहित विजयी भएकी छन् ।
बाराको निजगढ नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेश खनाल ७६४८ मतसहित विजयी भएका छन् । उपप्रमुखमा भने एमालेकी लीलादेवी लामिछाने ६७७३ मतसहित विजयी भइन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका धर्मेन्द्र पटेल ३२५५ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रका सुनैना देवी ३१२९ मतसहित विजयी भएकी छन् ।
बाराको पचरौता नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका रमेशकुमार यादव २६८२ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा राजपाकी इन्दुकुमारी २५४६ मतसहित विजयी भइन् ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कांग्रेसका योगेन्द्र पञ्जिकार ५८९९ मतसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै रचना श्रेष्ठ माथेमा ५६९८ मतसहित विजयी भइन् ।
सिराहाको मिर्चैया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका श्रवणकुमार यादव ४७३७ मतसहित विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकै जिवछी देवी ४९३९ मतसहित विजयी भइन् ।
महोत्तरीको औरही नगरपालिकाको प्रमुखमा कांग्रेसका सुनीलकुमार यादव ३१५९ मतसहित विजयी भएका छन् । उपप्रमुखमा राजपाकी रेनुका झा २९५९ मतसहित विजयी भइन् ।
महोत्तरीको साम्सी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका फारुख शेख २३४८ मतसहित विजयी भएका छन् ।
महोत्तरीको गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो ५९४४ मतसहित विजयी भएका छन् । उपप्रमुखमा माओवादीकै आशा लामा ५९७० मत सहित विजयी भइन् ।
रौतहटको यमुनामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका श्रीप्रसाद मुखिया र उपप्रमुखमा पनि माओवादी केन्द्रकै गीतादेवी साह विजयी भएका छन् ।
महोत्तरीको बलवा नगरपालिकाको प्रमुखमा कांग्रेसका विनोद यादव र उपप्रमुखमा राजपाकी रीता झा विजयी भएका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिकाको प्रमुखमा कांग्रेसका शैलेन्द्र यादव ४५२३ महसहित विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै सरिता शर्मा ४५२३ मतसहति विजयी भइन् ।
सप्तरी तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका हेमन्त बडर खेर तथा उपाध्यक्षमा सोही पार्टीकी तीर्थमाया मण्डल विजयी भएका छन् ।
रौतहटको गढीमाई नगरपालिकाको प्रमुखमा कांग्रेसका श्यामबाबु यादव ५४५७ मतसहित विजयी भएका छन् भने उपप्रमुखमा सुभद्रा गुप्ता ५५५१ ल्याएर निर्वाचित भएकी छन् ।
सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुखमा कांग्रेसका शियाराम राय विजयी भएका छन् ।
सप्तरी रुपनी गाउँपालिकाको अध्यक्षमा राजपाका हरेराम यादव विजयी भएका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका श्रीलाल कानु विजयी भएका छन् ।
महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका राजकुमार यादव विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्