१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाकामा एमाले विजयी


0
Shares

केदारनाथ यादवले तीन हजार १५५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनारायण यादवले दुई हजार २६७ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै अमलादेवी यादवले दुई हजार ९३७ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत प्राप्त गरिन् ।

योसँगै एमाले अहिलेसम्म सिरहाको दुई स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र अहिलेसम्म सिरहाको पाँच स्थानीय तहमा विजयी भएको छ । रासस