काठमाडौं, पुस २८ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै १६औंपटक अनशन बस्दा उनको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकैबेला अप्रिय घटना घट्नसक्नेतर्फ सचेत हुन सरकारलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा आमरण अनशनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्नसमेत माग गरिएको छ ।
१५औं पटकसम्म गरिएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा डा. केसीलाई नै चिढाउने गतिविधिहरु गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुग्ने गरेकोमा चिकित्सक संघ स्तब्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्