२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


प्रहरीको गोलीले ‘टोलेगुण्डा’ घाइते, पेप्सीकोलामा गोली हानाहान


0
Shares

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

महाशाखाका एसएसपी दिवेस लोहनीले पेप्सीकोलामा रहेको पुल नजिक भेला भएको सूचनाको आधारमा महाशाखाको टोली खटिएको र प्रहरीको टोलीलाई ताकेर २ राउण्ड गोली चलाएपछि प्रहरीले जावाफी गोली चलाउँदा गौतम घाइते भएको दावी गरे।

गोली गौतमको दाहिने घुँडा मुनी लागेको छ । प्रहरीका अनुसार गोली चलाउनेहरु उम्किएका छन् ।

गौतम काठमाडौं उपत्यकाको आपाराधिक गतिविधिमा नयाँ नाम भएपनि एसएसपी लोहनीले उनी पछिल्लो समय चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य रहेको दाबी गरे।

प्रहरीको रेकर्डमा उनी पटके अपराधी रहेको देखिएको र पटक पटक पक्राउ पर्दै छुट्दै आएको र भदौ महिनामा मात्र ४ वटा आपराधिक घटनामा संलग्न देखिएको लोहनीको दावी छ । –नागरिक दैनिकबाट